शिवम् सिमेन्ट सेटिङमा प्रधानमन्त्री देउवा

शिवम् सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महशुल २ अर्ब ३४ करोड तत्काल नबुझाए विद्युत लाइन काट्ने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताइरहँदा उता प्रधानमन्त्री शेरबहादुर देउवा भने जसले राज्यलाई त्यति ठूलो रकम तिरेको छैन उसैको कार्यक्रममा प्रमुख अतिथि बनेर जानुले देउवा उद्योगीको सेटिङमा परेको प्रष्ट हुन्छ

हेटौँडा । मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महशुल २ अर्ब ३४ करोड तत्काल नबुझाए विद्युत लाइन काट्ने नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताइरहँदा उता प्रधानमन्त्री शेरबहादुर देउवा भने जसले राज्यलाई त्यति ठूलो रकम तिरेको छैन उसैको कार्यक्रममा प्रमुख अतिथि बनेर जानुले देउवा उद्योगीको सेटिङमा परेको प्रष्ट हुन्छ ।

नेपाल उद्योग परिसंघको १८ औँ साधारण सभामा देउवा प्रमुख अतिथि भएर कार्यक्रममा गएका हुन् जुन नेपाल उद्योग परिसंघका अध्यक्ष शिवम् सिमेन्टका मालिक सतिश कुमार मोर हुन् र ती मोर मालिक रहेको शिवम् सिमेन्ट लिमेटेडले डेडिकेटेड लाइन प्रयोग गरेबापत नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युतको महशुल २ अर्ब ३४ करोड नतिरी सेटिङ र चिटिङमा दौडिरहेका छ्न् ।

frontline

शिवम् सिमेन्टले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी रहेको २ अर्ब ३४ करोड विद्युत महशुल उठाउनु भनी सर्वोच्चले फैसला गरेको २ वर्ष बितिसक्दा पनि शिवमले हालसम्म पनि महशुल नबुझाई सरकारसित सेटिङ र चिटिङ भागदौड गरिरहेको छ । जसको सरकार आए पनि स्वागतको नाममा सेटिङ् र चिटिङ गर्न माहिर मानिएका सतिश कुमार मोरले देउवालाई समेत विवादित बनाएका छ्न् ।

केपी ओली सरकारमा रहँदा यो बक्यौता महशुल तिर्न नपरोस् भनी मोर केपी ओलीको विदेश भ्रमणमा समेत जाने गरेका थिए । यता सर्वोच्चको फैसलाले प्रधानमन्त्री बनेका देउवा “सर्वोच्च अदालतको फैसला मान्दिन, म महशुल तिर्दिन” भन्ने सतिश कुमार मोरको कार्यक्रममा कुन सेटिङमा पुगे देउवा ? सर्वत्र चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here