शिक्षिका संक्रमित भए पनि विद्यालयले परिक्षा सञ्चालनलाई निरन्तरता

२९ पुस, विराटनगर ।  विराटनगरका आर्दश उच्च माध्यमिक विद्यालयका शिक्षिका कोरोना संक्रमण भए पनि विद्यालयले परिक्षा सञ्चालनलाई निरन्तरता दिएको छ। 

गएको २१ गते वाट सञ्चालनमा आएको परीक्षाकै क्रम त्यहाँ कार्यरत नेपाली विषयका शिक्षिका सिता भट्टराईलाई सोमबार कोरोना पोजेटिभ भएको हो।

frontline

शिक्षिकालाई पोजेटिभ आएपछि विद्यालयले जानाजान जोखिम निम्त्याउँदै मंलबार र बुधबार परीक्षा लिएका छन्। बुधबारमात्रै दुई विषयको परीक्षा लिएको हो।

कोरोना महामारी भित्रिएपछि  सरकारले पढाइ र परीक्षाका लागि वैकल्पिक उपायको व्यवस्था नगर्दा हजारौं विद्यार्थी ज्यान जोखिममा राखेर आदर्शमा परीक्षा हलमा बस्न बाध्य छन्।

सो विद्यालयमा सबै संकालय गरेर करिब ३ हजार विद्यार्थी अध्यनरक्त रहेका छन्। कक्षा १ देखि १० सम्मका करिब दोस्रो त्रैमासिक परीक्षामा दुई हजार २ विद्यार्थी सहभागी रहेको विद्यालयका प्रधानाध्यापक विष्णुराज लामिछानेले जानकारी दिए।

उनले रुघाखोकी र ज्वरो आएपछि सोमबार नै शिक्षिकाले पीसीआर परीक्षण गर्न गएको जानकारी दिए। आइतबार विद्यालय आएकी शिक्षिकाको रिर्पोट सोमबार आएपछि विद्यार्थीलाई तनावमा नराख्ने, बाँकी विषयको परीक्षा लिएको प्रअ लामिछानेले जानकारी दिए। 

विराटनगर महानगरपालिका मेयर भिम पराजुली व्यवस्थापन समितिका अध्यक्ष भएको सो विद्यालयमा बुधबार विहानदेखि प्लस टुका विद्यार्थीहरुलाई विदा दिइएको छ। तर सञ्चालनमा रहेको परीक्षा रोकिएको छैन।

कोरोना महामारी दिनानुदिन बढिरहेका बेला भौतिकरूपमा परीक्षा सञ्चालन गर्नु जोखिमयुक्त हुने जानकारहरू बताउँदै आएका छन्।

शिक्षिकालाई पोजेटिभ आएको थाहा पाएपछि विहान १० बजेदेखि नै दुई विषयको परीक्षा लिएर जोखिम बनाएको एक विद्यार्थीले बताए।

परीक्षाका खटिएका शिक्षिकाको रिर्पोट पोजेटिभ आएपछि विद्यार्थीहरुको पनि जाँच गर्नुपर्नेमा विद्यालयले विदा दिएर घर पठाउन लागेको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् ।

 विद्यालयमा  दश जोड दुईसँगै प्राविधिकतर्फ तीन वर्षे डिपलोमा इन कम्प्युटर र १८ महिने आइटी पढाई हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here