शिक्षामन्त्री पौडेललाई कोभिड–१९ पोजेटिभ
२७ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड–१९ पोजेटिभ देखिएको छ।
रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए।
पौडलका प्रेस संयोजक विमल खड्काका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ। पौडेल होम आइसोलेसनमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस्