शिक्षकको कुटपिटपछि छात्राद्वारा आत्महत्या

२२ कात्तिक, काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका ६ को विद्यालयमा कक्षा ७ मा अध्ययनरत गोमा विकले आत्महत्या गरेकी छन् ।

ग्रामकाली मावि अमारेमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया गोमालाई शिक्षक मिलन दाहालले गृहकार्य नगरेको निहुँमा निलडाम हुनेगरी विद्यालयमा कुटपिट गरेका थिए । त्यसपछि उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ ।

frontline

शिक्षक भने फरार छन् । छात्राले विद्यालय छुटेर हिजो सोमबार घरमा आएपछि आत्महत्या गरेको बताइएको छ ।

मृतक विकको शवलाई पोष्टमार्टमको निम्ति अस्पताल लगिएको र फरार शिक्षकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here