शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले १०० कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान
३० जेठ, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।
खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।
वरिष्ठ कन्सल्यान्ट कार्डियाक सर्जन, वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्टेन्ट एनस्थेसिस्ट, वरिष्ठ नर्सिङ सुपरभाइजर, प्रशासन उपप्रमुख, वरिष्ठ फर्मासिस्ट, ल्याब टेक्नोलोजिस्ट, प्रशासन सहायक लगायत पदमा दरखास्त आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्