शहर एवम् स्थानिय सरकारको अन्तर्राष्ट्रिय संजालको अध्यक्षमा ब्यान्जु निर्वाचित

फ्रन्टलाइन खबर , काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जु शहर हरुको अन्तराष्ट्रिय संजाल युनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक ( युसिएलजि एएसपिएसील) का अध्यक्षमा चुनिनुभएको छ । बिहिबार भर्चुअल माध्यममा आयोजित काउन्सील बैठकले ब्यान्जुलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
(युसिएलजि एएसपिएसील) दक्षिणपूर्वी र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकारको सम्मिलित सदस्यहरुको सबै भन्दा ठुलो संजाल हो । युसिएलजि संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त एक मात्र स्थानीय सरकारहरुको संस्था हो । इण्डोनेसियाको जाकार्तामा प्रधान कार्यालय रहेको उक्त संस्था प्रजातान्त्रीक रुपको स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजको रुपमा निर्दिष्ट छ । यो अन्तराष्ट्रिय समुदायका अन्तर सरकारहरुका बिच समन्वय र सहकार्यका लागि स्थापित संजाल हो ।
निर्वाचित भइसकेपछि आफ्ना भनाई राख्नुहुँदै ब्यान्जुले “ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड १९ ) संग लड्न संजाल अझ सशक्त रुपमा ऐक्यबद्ध भई स्थानीय सरकारहरुको भुमिका मजबुत बनाउन सक्रिय हुनु जरुरी रहेको बताउनुभयो । साथै उहाँले प्रकोप व्यवस्थापन, जलवायु परिवर्तन र गरिबि निवारण लगायत विश्वव्यापी रुपमा स्थानीय सरकार तथा शहरीकणसंग सम्बन्धित समस्याहरुको सम्बोधन गर्न पनि संयुक्त एकत्रित आवाजको महत्व रहेको र आपसी सिकाइलाई प्रबद्र्धन गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
नेपालन गरपालिका संघ वि.सं २०५० मा स्थापित गैर नाफामुलक नेपालका २९३ नगरपालिकाहरुको छाता संगठन हो । दुई दशक देखि आइएलयुएलए हुँदै युसिएलजि एएसपिएसील संग आबद्ध रही नेपालका नगरपालिकाहरुका साझा हितका लागि बहस पैरवीमा नेपाल नगरपालिका संघ कटिबद्ध रहँदै आएको छ ।
यो खालको अन्तर्राष्ट्रिय आबद्धता नगरपालिका हरुको क्षमता अभिबृद्धि गरी संघीयता कार्यान्वयन र संविधान प्रदत्त हकहरुको प्रयोग गरी सबल, सुशासित र समृद्ध नगरपालिकाहरु निर्माणमा कोशेढुंगा साबित हुनेमा नगरपालिका संघ विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here