शव ब्यस्थापन कक्षमा रेफ्रीजेटर नहुदा भोग्नु परेको समस्या

श्रोत : ईन्टरनेट

शबगृहमा रहेका २० वटा रेफ्रीजेटरमा हाल ९ वटा विग्रीएको अबस्थामा

चितवन । जिल्लाको एकमात्र शव गृह अर्थात पोस्टमार्टम कक्षमा हरेक दिन फरक फरक प्रकृतीका शबहरु परिक्षणका लागी ल्याईने गरिन्छ ।

भरतपुर अस्पतालको शबगृहमा रहेका शबहरुको ब्यबस्थापन राम्रो संग हुन नसक्दा समस्या देखिएको छ ।

frontline

शबगृहमा आउने अधिकांश सवारि दुर्घटना र आत्महत्या लगाएत बेवारिसे लासको हुने गर्छ ।

शबगृहमा पोष्टमार्टमका लागि ल्याउने शबहरुको ब्यबस्थापन कक्ष राम्रो र उपर्युक्त उपकरण सहितको नहुदा शबगृह र्दुगन्धित बनेको छ ।

आन्तरिक शव ब्यस्थापन कक्ष मा सुबिधायुक्त शव गृह को आइस फ्रीज रेफ्रीजेटर नहुदा भित्र को दुर्गन्ध ले त्यहा कसरि पोस्टमार्टम हुन्छ र कुनै कुनै विशेष प्रकारका केसलाइ लाग्ने समय र प्रमाणिकरणमा ढिलाई हुदा शब सढेको अबस्थामा छन् ।

शबलाई चाहिने आबश्यक चिस्यान नहुदा दुर्गन्ध फैलिएको हो । अहिले शबगृहमा पोष्टमार्टम मा खटिने डाक्टर , सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई समस्या पर्न थालेको छ ।

भरतपुर अस्पतालमा रहेको शबगृहमा २० वटा रेफ्रीजेटर रहेकोमा हाल ९ वटा विग्रीएको अबस्थामा छन् ।

सम्बन्धित निकायलाइ वारम्बार जानकारी गराउदा समेत मर्मत सम्भार हुन नसकेको भरतपुर सरकारी अस्पतालका सुरक्षा इन्चार्ज प्रहरी हवल्दार विश्वनाथ राय यादवको भनाई छ ।

उँहाका अनुुसार केहि शब महिनौ दिनबाट अलपत्र अबस्थामा शबगृहमा रहेको र आबश्यक उपकरण नहुदा लास कुहिएर दुर्गन्ध फैलिएको बताउनुहुन्छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. कृष्ण प्रसाद पौडेलका अनुसार बेबारिसे लासहरुले गर्दा शबगृह भरिएको बताउनुभयो ।

बेवारिसे शबहरु महानगरले ब्यबस्थापन गर्नुपर्ने कानुनि ब्यबस्था रहेको हुदा महानगरले शब नउठाउदा सम्म अस्पतालले शबगृहमानै शबहरु राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

जिल्लाको एकमात्र शबगृहमा चितवनको मात्र नभएर अन्य जिल्ला अस्पतालहरुले पनि शब पठाउदा ब्यबस्थापन गर्न कठिन भएको डा. पौडेलको भनाई छ ।

भरतपुर अस्पतालले नजिक रहेका नबलपुर , मकवानपुर , धादिङ्ग, गोरखा लगाएतका जिल्लाहरुलाई पत्राचार गरेर नै शब नपठाउन आग्रह गरेको र सम्बन्धीत जिल्ला अस्पतालमा नै शब परिक्षण गर्ने ब्यबस्था मिलाउन भने पनि शबहरु आउनेक्रम नरोकिएको अस्पतालको भनाई छ ।

भरतपुर अस्पतालको शबगृहमा रहेका २० वटा रेफ्रिजेरेटर मध्य १६ वटामा पुरै बेवारिसे लास रहेको र सोमबार मात्रै महानगरले ३ वटा बाहेक अन्य शबहरुको ब्यबस्थापन गरेको डा.पौडेलले बताउनुभयो ।

बेवारिसे अबस्थामा भेटिएका शबहरु कानुनतः २ महिना अबधि पुगे पछि मात्रै स्थानिय तहले ब्यबस्थापन गर्नुपर्ने ब्यबस्था रहेको छ ।

जस अनुसार यहाँ आउने बेवारिसे शब भतरपुर महानगरले ब्यबस्थापन गर्दै आएको छ ।

मेडिकल सिटिको रुपमा पहिचान बनाएको भरतपुर र मेडिकलहरु भएको ठाँउमा जम्म एउटा मात्र शबगृह हुनु आफैमा अचम्मको बिषय भएको डा.पौडलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here