शनिबारसम्म देशभर वर्षा हुने, आइतबारदेखि मौसममा सुधार आउने

फाइल फोटो

२० असोज, काठमाडौं । आगामी शनिबारसम्म देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारदेखि भने मौसममा क्रमशःसुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको हाे । हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ ।

frontline

अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको जानकारी दिँदै महाशाखाका मौसमविद् पौडेलले विशेषगरी बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी रहेको बताउनुभयो। आइतबारदेखि कतिपय ठाउँमा घाम लाग्ने, कतिपय ठाउँमा बादल र कतिपय ठाउँमा पानी समेत पर्ने भएपनि क्रमिक रूपमा आइतबार भन्दा, सोमबार,सोमबार भन्दा मंगलबार गरी मौसम खुल्दै जाने पौडेलले जानकारी दिनुभयो ।

शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र अति भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । पछिल्लो २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशमा सबै भन्दा धेरै वर्षा मापन गरिएको छ ।

यो अवधिमा दाङ, बाँके, बर्दिया, कास्की,पाल्पा, गुल्मी, रसुवा र काठमाडौं लगायत क्षेत्रमा बढी वर्षा मापन गरिएको महाखाकाले जनाएको छ । अहिले पनि कतिपय क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here