शंकरापुरमा एक दम्पत्ती सुतेकै अवस्थामा मृत भेटिए

१३ माघ, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पत्ती सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

frontline

उनका अनुसार बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठा छोरा २६ वर्षीय सूर्यबहादुर थिङले ढोका फुटाएर भित्र छिरेका थिए ।

त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली गएर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए ।

राति नै निसास्एिर मृत्यु भएको हुनसक्ने अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो ।

डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटकहरु नभएको र निसास्एिकै कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

मृत्युको विस्तृत कारण पोष्टमार्टमपछि चिकित्सकले दिने प्रतिवेदनमा उल्लेख हुनेछ । थप अनुसन्धान जारी रहेको एसपी मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here