व्यास नपाद्वारा सल्लाहकार चयन

दमौली । गरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो ।

यसैगरी नगरपालिकाले पूर्व एवं निवर्तमान जनप्रतिनिधिहरू सम्मिलित परामर्श समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोख्रेल रहेका छन् ।  सदस्यहरूमा संविधानसभा सदस्य एवं पूर्वनगरप्रमुख ध्रुव वाग्ले, निवर्तमान प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका पूर्वप्रमुख एवं उपप्रमुखहरू, निवर्तमान वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरू रहेको जनाइएको छ ।

frontline

नगरपालिकाले व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुसार प्रज्ञा परिषद् सदस्यका लागि १५ दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । बैठकले व्यास–८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानुनबमोजिम अधिग्रहण प्रक्रिया अगाडि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ । 

त्यस्तै आगामी फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास गुफाबाट तनहुँसुरसम्म महिला हाफ खुला म्याराथन गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here