व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
९ चैत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।
मंगलबार सरकारी निवास बालुवाटामार भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन गरेका हुन्।
‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्’, उनले भने।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्म निर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि आग्रह गरे।
स्वदेशी उत्पानलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न उनको सुझाव थियो।
प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयोग बढाउन जोड दिए।
‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,’ उनले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरीदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारी साधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ।’
कार्यक्रममा बाणिञ्य मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरु पनि सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्