व्यवस्था जोगाउने र उल्टाउन खोज्नेको तयारी, एमालेलाई रत्नपार्कमा निषेध

एमालेले गणतन्त्र दिवसका अवसरमा राजधानीको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ । बिहान ११ बजेको कार्यक्रमका लागि एमालेले १० बजेदेखि नै नेता तथा कार्यकर्तालाई तोकिएको स्थानबाट जुलुसमा प्रदर्शनीमार्ग पुग्न निर्देशन दिएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रबाट प्रदर्शनमा सहभागी हुने नेता–कार्यकर्तालाई विभिन्न तीन स्थान तोकिएको छ । निर्वाचन क्षेत्र नम्बर ८, ९, १० का लागि सहिदगेटमा भेला भएर भद्रकाली हुँदै भृकुटीमण्डप जान भनिएको छ । स्थानीय प्रशासनले एमाले जुलुसलाई रत्नपार्क हुँदै टुँडिखेल घुम्ने कार्यक्रममा रोक लगाएको छ ।

frontline

निर्वाचन क्षेत्र नम्बर ५, ६, ७ का लागि कमलादी भेला हुने स्थान तोकिएको छ । त्यहाँबाट पुतलीसडक हुँदै जुलुस भृकुटीमण्डप जानेछ । निर्वाचन क्षेत्र नम्बर १, २, ३, ४ का लागि डिल्लीबजार र त्यहाँबाट जुलुस पुतलीसडक हुँदै भृकुटीमण्डप जाने छ । 

यता राजावादीहरूले पनि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् । उनीहरुले आजदेखि गणतान्त्रिक राजनीतिक व्यवस्था उल्टाउने दाबी गर्दै जनविद्रोहको घोषणा गर्न लागेका हुन् । स्थानीय प्रशासनले राप्रपा र राजावादीहरुलाई दिउँसो २ बजेपछि मात्रै रत्नपार्कमा कार्यक्रम गर्न पाइने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here