वैद्यको अभिव्यक्ति आपराधिक आपत्तिजनक र निन्दनीय

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा ९एमाले० ले अत्यन्त गम्भीर रुपमा लिएको जनाउनु भएको हो ।

frontline

प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ विज्ञप्तिमा भनिएको छ ।

वैद्यकाे अभिव्यक्तिको घोर भत्र्सना गर्दै पार्टीले यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको जनाएको छ ।

त्यस्तै प्रवक्ता ज्ञवालीले यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गराउँनु भएको छ ।

वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ : नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here