वैज्ञानिकहरुले १० वर्षदेखि खोजिरहेको प्रश्नको जवाफ एआईले २ दिनमै हल गरिदियो

गुगलले तयार पारेको ‘टूल’को साइन्टिस्टुसँग आफ्नो शोधसँग सम्बन्धित एउटा सानो प्रश्न सोधे । गुगलको उक्त टूलले केवल ४८ घण्टामै उक्त प्रश्नको जवाफ दियो । त्यहीँ जवाफ खोज्नमा प्राध्यापक र उनको टिमले कैयन् वर्ष लगाएको थियो ।





काठमाडौं । एउटा यस्तो समस्या, जसलाई १० बुझ्न तथा समाधान गर्न वैज्ञानिकहरुलाई पूरै १० वर्ष लागेको थियो, त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टूलले केवल २ दिनमै समाधान गरिदियो ।
इम्पेरियल कलेज लण्डनका प्राध्यापक जोस आर पेनाडेस र उनको टिमले कतिपय सुपरबगहरु किन एन्टिबायोटिकको विरुद्धमा रोग प्रतिरोधी बन्दछन् ? भन्ने कुरा पत्ता लगाउनमा कैयन् वर्ष बिताएका थिए ।
त्यसैक्रममा उनीहरुले गुगलले तयार पारेको टूल’को साइन्टिस्टु सँग आफ्नो शोधसँग सम्बन्धित एउटा सानो प्रश्न सोधे । गुगलको उक्त टूलले केवल ४८ घण्टामै उक्त प्रश्नको जवाफ दियो । त्यहीँ जवाफ खोज्नमा प्राध्यापक र उनको टिमले कैयन् वर्ष लगाएको थियो ।
बीबीसीसँग कुरा गर्दै प्राध्यापक पेनाडेसका अनुसार उनीहरु एआईको उक्त नतिजालाई देख्दा अचम्मित भए किनकि उनीहरुको शोध अहिलेसम्म प्रकाशित भएको थिएन ।
यसको अर्थ उक्त एआई टूललाई उक्त जानकारी तथा ज्ञान कहीँबाट पनि सार्वजनिक रुपमा प्राप्त भएको थिएन ।
बीबीसी रेडियोको एक कार्यक्रममा बोल्दै उनले भने, ‘म कसैसँग शपिंग गरिरहेको थिएँ । त्यसपछि मैले आफूलाई एक घण्टाका लागि एक्लै छाडिदिन मैले उनलाई अनुरोध गरेँ किनकि मलाई त्यो कुरा बुझ्नका लागि समय चाहियो । त्यसपछि उनले आफ्नो कम्प्युटरको पासवर्डको पहुँच कतै गुगलसँग पो छ कि भनेर गुगललाई एउटा इमेल लेखे । उक्त इमेलको जवाफमा गुगलले प्राध्यापकको कम्प्युटरको पासवर्ड आफूसँग नभएको प्रष्ट पार्यो।’
वैज्ञानिकहरुका अनुसार उक्त शोधलाई पूरा गर्नमा लागेको दश वर्षमध्ये अधिकतम समय यस सिद्धान्तलाई सावित गर्नमा लागेको हो ।
तर यदि आफूहरुले यस प्रोजेक्टको सुरुवातमै एआईले प्रदान गरेको उक्त परिकल्पना प्राप्त भएको भए आफूहरुको त्यो वर्षौँको समय र मेहेनतको बचत हुने वैज्ञानिकहरुको भनाइ छ ।
एआई के हो र कसरी काम गर्दछ ?
प्राध्यापक जोस आर पेनाडेसका अनुसार एआई टूलले अनुसन्धानको शोधप्रति उनीहरु स्वयंमले तयार गरेको शोधकोप्रति भन्दा पनि निकै राम्रो तयार पारेको थियो ।
खतरनाक ब्याक्टेरियाहरु कसरी सुपरबग बन्दछन् र त्यस्ता जिवाणुमाथि एन्टीबायोटिक्स औषधिको प्रभाव कसरी निष्प्रभावी बन्दछ भन्ने विषयमा वैज्ञानिकहरुले वर्षौँदेखि पत्ता लगाउने कोसिस गरिरहेका छन् ।
उनी भन्छन्, ‘यो एआई टूलले केवल एउटा मात्रै हाइपोथेसिस (परिकल्पना) सही बताएको होइन । यसले विभिन्न फरक फरक चारवटा हाइपोथेसिस तयार गर्यो, जुन सबै नितान्त सही थिए । त्यसमध्ये एउटा परिकल्पना यस्तो पनि थियो जसका बारेमा हामीले कहिल्यैपनि सोँचेका सम्म थिएनौँ । अहिले हामीले एआईले सिर्जना गरेको सोही परिकल्पनामा काम गरिरहेका छौँ ।’
सुपरबग्सको पहेली
खतरनाक ब्याक्टेरियाहरु कसरी सुपरबग बन्दछन् र त्यस्ता जिवाणुमाथि एन्टीबायोटिक्स औषधिको प्रभाव कसरी निष्प्रभावी बन्दछ भन्ने विषयमा वैज्ञानिकहरुले वर्षौँदेखि पत्ता लगाउने कोसिस गरिरहेका छन् ।
वैज्ञानिकहरुका अनुसार सुपरबगले विभिन्न भाइरसबाट एक प्रकारको पुच्छरजस्तो बनाउँछ जसको सहयोगमा यो एक व्यक्तिबाट सजिलैसँग अर्को व्यक्तिमा फैलिन सक्दछ ।
प्राध्यापक पेनाडेस भन्छन्, ‘सुपरबग्ससँग चाँबीहरु हुन्छन्, जसले ऊ एक घरबाट अर्को घर अर्थात् एउटा मान्छेबाट अर्को मान्छेमा विना रोकतोक सर्दछ ।
प्राध्यापक पेनाडेस नेतृत्वको यो शोधको सबैभन्दा विशेष पहलु यो थियो कि उक्त हाइपोथेसिस केवल उनीहरुले मात्रै अन्वेषण गरेका थिए र त्यसलाई अहिलेसम्म कहिँपनि प्रकाशित गरिएको थिएन ।

त्यसैले प्राध्यापक पेनाडेसले गुगलको नयाँ एआई टूललाई जाँच्नका लागि उक्त हाइपोथेसिसको प्रयोग गरे ।
केवल दुई दिनपछि एआईले केही हाइपोथेसिस तयार पार्यो र त्यसमध्ये पहिलो हाइपोथेसिस त्यहीँ थियो जसका बारेमा प्राध्यापक पेनाडेसको शोधले बताउँछ। अर्थात् सुपरबग्सले वास्तवमै एक खालको पुच्छर बनाएर फैलिन्छ ।
अनुसन्धानमा प्रभाव कति ?
वर्तमान समयमा एआईका विषयमा व्यापक चर्चा भैरहेको छ । एआईका समर्थकहरुका अनुसार यसबाट विज्ञानको क्षेत्रमा चमत्कार हुनेछ । जबकि कतिपय मानिसहरुमा चाहीँ एआईका कारण रोजगारीहरु समाप्त हुनसक्ने त्रास छ ।
प्राध्यापक पेनाडेसका अनुसार मानिसहरुको उक्त डर स्वभाविकै हो । जब एआईका विषयमा गम्भीर रुपमा विचार गरिन्छ, तब के महसूस हुन्छ भने एआई एउटा शक्तिशाली र उपयोगी टूल हो ।
उनका अनुसार यस प्रोजेक्टमा काम गर्ने सबैजना के यथार्थमा निश्चित भएका छन् भने भविष्यमा एआई निकै फाइदाजनक सावित हुनेछ ।

रोबोट
प्राध्यापक पेनाडेस भन्छन्, ‘मलाई पूर्ण विश्वास छ कि एआईले विज्ञानलाई पूर्ण रुपमा बदलिदिनेछ । म एउटा यस्तो चिजको अगाडि उभिएको छु जुन अद्भूत छ र यसको हिस्सा बनेर म निकै खुसी छु। यो ठीक त्यस्तै हो जस्तो तपाइँले कुनै ठूलो खेल खेल्ने मौका प्राप्त गर्नु भएको छ । मलाई यस्तो लागिरहेको छ कि म यो चिजसँग च्याम्पियन्स लिगको खेल खेलिरहेको छु।
प्रतिक्रिया दिनुहोस्