वैज्ञानिकले पत्ता लगाए ब्रम्हाण्डमा भिमकाय ग्रह
२७ मंसिर, काठमाडौं । वर्षौँदेखि संसारभरका वैज्ञानिक तथा खगोलविदहरुले अन्तरिक्षमा हुने गतिविधिहरुमाथि निगरानी गरिरहेका छन्।
कहिलेकाही अन्तरिक्षमा यस्ता दृश्यहरु पनि देखिन्छन् जसलाई देखेर वैज्ञानिकहरु पनि अचम्ममा पर्दछन् ।
हालै वैज्ञानिकहरुले ब्रम्हाण्डमा एक भिमकाय ग्रह पत्ता लगाएका छन्। उक्त नयाँ ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह अर्थात् बृहस्पति भन्दा ११ गुणा ठूलो छ।
चिलीका वैज्ञानिकहरुले पत्ता लगाएको उक्त ग्रहले ब्रम्हाण्डमा दुईवटा चम्किला ताराहरुलाई परिक्रमा गरिरहेको छ ।
उक्त विशालकाय ग्रहको नाम बी सेन्चुरी राखिएको छ । यो ग्रह पृथ्वीभन्दा ३२५ प्रकाशवर्ष टाढा रहेको छ ।
चिलीको युरोपेली टेलिस्कोपको माध्यमबाट शोधकर्ता मार्कस जोनसन सहितको टिमले उक्त ग्रहको खोजी गरेको हो ।
पृथ्वीभन्दा ३२५ प्रकाशवर्ष टाढा रहेको यो ग्रह सुदूर अन्तरिक्षमा घुमिरहेको छ र ग्यासले भरिएको छ ।
यो ग्रहको परिक्रमा पथ बृहस्पति ग्रहभन्दा १ सय गुणा चौडा छ ।
सूर्यभन्दा तिनगुणा ठूलो ताराको नजिक ग्याँसीय ग्रह फेला परेको यो पहिलो पटक भएको वैज्ञानिकहरुले बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार यो ग्रहले परिक्रमा गर्ने दुईवटा ताराहरुको नाम बी सेन्चुरी ए र बी सेन्चुरी बि वान हो ।
यी दुई तारालाई जोड्दा सूर्यभन्दा ६ देखि १० गुणासम्म ठूलो हुने वैज्ञानिकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्