वृद्धिजिवी,नागरिक समाज,पत्रकार लगायतसंग छलफलपछि एमसीसी पारित हुन्छ : प्रचण्ड

८ मंसिर, कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान न्यायालयबाट नभए आफूहरुले कदम चाल्ने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले पाँच दलले न्यायालयको समस्या उनीहरुले नै मिलाउन भनेर छाडिदिएको भन्दै त्यसो हुन नसके आवश्यक कदम चाल्ने बताउनुभयो ।

frontline

एमसीसीको विषयमा वृद्धिजिवी, नागरिक समाज, कानुन ब्यवसायी, पत्रकार लगायतसंग छलफल गरी राष्ट्रिय सहमतीबाटै पारित गर्ने उहाँको भनाइ थियो । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि दाहाल कैलाली पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here