वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्दै

१९ असार, काठमाडौं । वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले श्वेतपत्र जारी गर्ने भएका छन् ।

नगरप्रमुख सिंह नगरप्रमुखमा निर्वाचित भएको करिब दुई महिनापछि श्वेतपत्र जारी गर्न लागेका हुन् । 

frontline

महानगरपालिका कार्यालयको सभाकक्षमा आज (आइतबार) अपराह्न ३ बजे श्वेतपत्र जारी गर्न लागेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सञ्चालनमा रहेका विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको सचिवालयको भनाइ छ ।

श्वेतपत्रमार्फत महानगरवासीलाई महानगरको विगतको नेतृत्वको काम, महानगरको वर्तमान आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था, सञ्चालन र निर्माणाधीन योजनाको अवस्थाबारे जानकारी गराइने भएको छ ।

महानगरले जारी गर्ने श्वेतपत्रले विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्थाबारे महानगरवासीलाई जानकारी हुने बताइएको छ ।

महानगरमा नयाँ नेतृत्व निर्वाचित भएसँगै गत जेठ २३ गते बसेको नगर कार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here