वीरगन्ज महानगरका विद्यालय बन्द नहुने

२७ पुस, वीरगन्ज  । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि वीरगन्ज महानगरका विद्यालयहरु भने बन्द नहुने भएका छन्।

यसअघि कोरोनाको दुवै लहरमा संक्रमणको हटस्पट बनेको वीरगन्ज महानगरपालिकाले अहिले वीरगन्जमा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु बन्द नगर्ने जनाएको छ।

frontline

महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार साँझ एक सूचना जारी गर्दै महानगरका विद्यालयहरु बन्द नहुने जानकारी गराएको हो।

वीरगन्जमा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणममै रहेकाले विद्यालयहरु सञ्चालनमा कुनै नसमस्या नभएकाले महानगरका विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने महानगर प्रमुख विजय कुमार सरावगीले बताए।

‘वीरगन्ज अहिले ग्रिन जोनकै अवस्थामा छ। त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने।

विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै सरावगीले थपे, ‘जुन दिन वीरगन्जमा संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिन्छ। त्यही बेलादेखि मात्र महानगरका विद्यालयहरु बन्द गरिन्छ।’

सरावगीले अहिले भने आफना बालबालिकाहरुलाई स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर ढुक्क भएर विद्यालयमा पठाउन अभिभावकहरुसँग आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here