वीरगन्ज नाकामा थप कडाइ गर्न र परिक्षणको दायरा अझ बढाउन निर्देशन

२७ पुस, वीरगन्ज । नेपाल प्रवेश गर्ने मुख्यनाका वीरगन्ज नाकामा थप कडाइ गर्न र कोरोना परिक्षणको दायरा अझ बढाउन जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले निर्देशन दिएको छ । 

३÷४ दिनयता वीरगन्ज नाकामा संक्रमितहरुको सख्या अप्रत्याशित रुपमा बढ्दै गएपछि डिसिसिएमसीले नाकामा परिक्षणको दायरा अझ बढाउन निर्देशन दिएको हो । सोमबार अपरान्ह नाकाको स्थलगत अनुमगन गर्न पुगेका डिसिसिएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले परिक्षणको दायरा बढाउन नाकामा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका हुन् । 

frontline

वीरगन्ज नाका हुँदै दैनिक करिब ५ हजार मानिस नेपाल भारत ओहोर दोहोर गर्दै आएपनि नाकाको हेल्थ डेस्कमा हाल दैनिक औसतमा ४ सय जनाको मात्र एन्टिजेन परिक्षण हुँदै आएको छ । सोमबार नाकाको स्थलगत अनुगमनका क्रममा प्रजिअ ढकालले भारतबाट प्रवेश गर्नेहरुलाइ बिना चेकजाँच नेपाल प्रवेश गर्न नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाइ पनि निर्देशन दिए । 

यस्तै नाकामा सन्चालित हेल्थ डेस्कलाइ अझ व्यवस्थित र सुविधा सम्पन्न बनाइने भन्दै ढकालले त्यसका लागि सरोकारवाला निकायसंग समन्वय गरिरहेको बताए । सोमबार प्रजिअ ढकालले वीरगन्ज नाकामै निर्माणाधिन १ हजार जना संक्रमितलाइ क्वारेन्टीनमा राख्न सक्ने क्षमताको होल्डिङ सेन्टरको पनि स्थलगत निरिक्षण गरे । त्यसक्रममा उनले निर्माणधीन होल्डिङ सेन्टरमा अहिले ४ सय जना संक्रमितलाइ राख्न सक्ने शैया (बेड) तयारी अवस्थामा रहेको जानकारी गराए ।   लक्षण भएका जटिल संक्रमितहरु आएमा १० देखि १४ दिनसम्म होल्डिंग सेन्टरमा राख्न सकिने भन्दै ढकालले उनीहरुलाई खानासहितको आवश्यक जोहो गर्ने कार्यमा वीरगन्ज महानगरपालिकासहितका सरोकारवाला जुटीरहेको बताए । 

डिसिसिएमसीको आइतबारको निर्णयअनुसार वीरगन्ज महानगरमा मङगलबारदेखि मास्क नलगाउनेलाई १ सय रुपैयाँ आर्थिक जरीवाना तिराउने अभियान पनि सुरु गरिने ढकालले जानकारी दिए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष रामकुमार सर्राफ लगायत सहभागी थिए । 

वीरगन्ज नाकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि  
वीरगन्ज नाकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि वीरगन्ज नाकामा सोमबार थप १३ जनामा कोरोना संक्रमण भेटिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मुख्यनाका वीरगन्जको इनर्वास्थित हेल्थ डेस्कमा सोमबार साँझसम्म ३ सय ५० जनाको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण भेटिएको हो । संक्रमण पुष्टि भएका १३ मध्ये ४ जना नेपाली र ९ जना भारतीय रहेको हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोले जानकारी दिइन् । 

यसअघि आइतबार पनि नाकाको हेल्थ डेस्कमा ८ जनामा, शनिवार १३ जनामा, शुक्रबार ११ जनामा संक्रमण पुष्टि भएको थियो । नाकाको हेल्थ डेस्कमा हुँदै आएको कोरोना परिक्षणमा पुष ९ गते यता सोमबार साँझ सम्म ६७ जनामा संक्रमण भेटिसकेको डाक्टर महत्तोले बताइन् ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here