वीरगञ्ज महानगरले छाड्यो कब्जामा लिएको ४ ट्रक मल

३० साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले थप १० हजार बोरा युरिया मल पाउने भएपछि कब्जामा लिएको ४ ट्रक मल छाडेको  छ ।

सोमबार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार ४ बुँदे सहमतिपछि आइतबार नियन्त्रणमा लिएको सो मल महानगरले छाडेको हो । 

वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ ।

frontline

यस्तै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here