वीरगञ्जमा सशस्त्र प्रहरीद्वारा १३ लाखभन्दा बढीको अवैध सामान बरामद

गृहपृष्ठ
सम–सामयिक
वीरगञ्जमा सशस्त्र प्रहरीद्वारा लाखौं मूल्य बराबरको अवैध सामान नियन्त्रणमा
सशस्त्र प्रहरी बल, नेपालले वीरगञ्ज क्षेत्रका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली भारतबाट ल्याइएका लाखौं मूल्य बराबरका सामानहरू नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नं. २५ स्थित चण्डाल चोक र वडा नं. १६ नगवा गाउँ आसपासका क्षेत्रमा छापा मार्दै प्रहरीले सामान बरामद गरेको हो।




सशस्त्र प्रहरी बल, नेपाल बिओपी ड्राइपोर्टबाट खटिएको टोलीले भारतबाट भन्सार नतिरी ल्याउँदै गरेको रु. २ लाख ७० हजार बराबरको मोटर पार्ट्स र रु. २ लाख बराबरको ई–रिक्सा समेत जम्मा रु. ४ लाख ७० हजारको अवैध सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
त्यसैदिन विशेष सूचनाको आधारमा वीरगञ्ज–१६ स्थित नगवा गाउँको डम्पिङ साइटबाट खटिएको अर्को टोलीले ४ वटा साइकलमा लोड गरी ल्याइँदै गरेको रु. ८ लाख ३६ हजार ९५० बराबरको मोबाइल पार्ट्स, फुटबल जुत्ता, महिलासहित पुरुषका जुत्ता लगायतका सामग्रीहरू नियन्त्रणमा लिएको थियो। ती सामानहरू समेत आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
श्री कान्त यादव रौतहट
प्रतिक्रिया दिनुहोस्