वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

२५ माघ, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।

frontline

माघ २३ गते कोरोना संक्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । ती महिलाले कोरोना विरुद्धको एक डोज पनि खोप नलगाएको पाइएको डा. पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here