‘विहार दिवस’मा खाना खाँदा १ सय ५६ जना बिरामी

११ चैत, पटना । भारतको पटनामा आयोजित ‘विहार दिवस’ कार्यक्रममा खाना खाएका १ सय ५६ जना बिरामी परेका छन्।

खाना खाएको केही समयमा बिरामी परेपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ।

frontline

डा. विभा सिंहका अनुसार १५६ भन्दा बढी बिरामी भई अस्पताल भर्ना भएका छन्। भर्ना भएकाहरुको स्वास्थ्य स्थिति स्थिर भएको र अधिकांशले पेट दुखेको बताएका छन्। केही उल्टीसमेत गरेको बताइएको छ।

खाना खाएर सहभागीहरु बिरामी पर्न थालेपछि आरजेडीका नेता तेस प्रताप यादवले मुख्यमन्त्री नितिशकुमारको आलोचना गरेका छन्। उनले सहभागीहरुलाई विषादी खाना खुवाएको आरोप लगाएका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here