विष्णु महायज्ञको बिशाल कलश यात्रा तेजापाकडमा भव्य सम्पन्न
Exif_JPEG_420
मेवालाल यादव, रौतहट। परोहा नगरपालिका–३ स्थित तेजापाकडमा हुन लागेको २३ कुण्डीय विष्णु महायज्ञको कलश यात्रा धार्मिक श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ। विश्व कल्याणको कामना गर्दै चैत्र ३१ गते आयोजित सो कलश यात्रामा एक हजारभन्दा बढी कन्याहरूले सहभागी भई तेजापाकड, पोखरिया, लौकाहा, बसन्तपट्टी, इनरवारी, इनर्वा उतरहिनी घाटमा पूजा–अर्चना गरी कलश यात्रा निकालेका थिए।
Exif_JPEG_420
महायज्ञ आगामी बैशाख ०९ गते सम्पन्न हुने कार्यक्रम रहेको छ। सो यज्ञमा झण्डै ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजनालाई भव्य र विधिपूर्वक सम्पन्न गर्न परोहा नगरपालिका, स्थानीय समाजसेवी तथा श्रद्धालु दानीहरूको उल्लेखनीय सहयोग रहेको आयोजक समितिका प्रमुख रसिक रामचन्द्र दासले जानकारी दिए।
Exif_JPEG_420
यज्ञस्थल बौधीमाई मन्दिर परिसरमा निर्माण गरिएको विशाल मण्डप स्थानीय जनताको सहयोगमा तयार गरिएको छ। यज्ञका प्रमुख आचार्य गौरी शंकर तिवारीले यज्ञका सम्पूर्ण विधि शास्त्रसम्मत रुपमा सम्पन्न गरिने जनाएका छन्।
Exif_JPEG_420
महायज्ञमा ५२ अवतारका मूर्ति, विभिन्न देवी–देवताका प्रतिमा, वृन्दावनबाट आएका विद्वान् कथा वाचकद्वारा भागवत कथा, प्रवचन, रासलीला, साथै खेलकुद तथा अन्य सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको छ ।
Exif_JPEG_420
स्थानीय समुदायमा धार्मिक उत्साह र समर्पणले यो महायज्ञलाई समाजिक एकता र धार्मिक चेतनाको उदाहरणको रूपमा स्थापित गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्