विश्व सिमसार दिवसका अवसरमा राप्ती नदीमा छाडियो घडियाल गोही

बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा बाँकेको राप्ती गाउँपालिका वडा नम्बर १ कुसुम स्थित राप्ती नदीमा आज विश्व सिमसार दिवसका अवसरमा ५ वटा घडियाल गोही छाडिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट घडियालका पाँचवटा बच्चालाई ल्याएर बाँकेको राप्ती नदीमा आज छाडिएको हो ।

प्रत्येक वर्ष विश्वसंसार दिवसकै अवसरमा घडियाल र मगर जातिका गोहीहरू उक्त नदीमा छाडिने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्जका निकुञ्ज प्रमुख वीरेन्द्र कंडेलका अनुसार नदीमा छाडिएका दुई प्रजातिका गोहीको अनुगमन र संरक्षण पनि गर्ने गरिन्छ ।

frontline

भिडियो/तस्बिर: रुपशिला थापा / नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here