विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण भक्तपुर नगरपालिका

 भक्तपुर नगरपालिकाले वडा नम्बर १ स्थित च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।  विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाको आयोजनामा वृक्षारोपण गरेको हो । 

 नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्मीयामसँगै खानेपानी मुहान सुकिरहेको अवस्थामा नगरपालिकाले खानेपानीको अभावलाई कम गर्न विभिन्न ठाँउमा डिप बोरिङ गर्दै ट्यांकरमार्फत खानेपानी वितरणमा जोड दिँदै आएको बताए। 

frontline

नगर प्रमुख प्रजापतिले नगरको सुन्दरता कायम राख्न नगरको मूल सडकमा ढुङगा छपाइ, सम्पदा क्षेत्रमा रात्रीकालीन बत्ती व्यवस्थापनलगायतका कार्य गर्दै आएको बताउँदै भक्तपुरलाई विश्वकै हेर्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको बताए ।

नगरपालिकाकी उपप्रमुख रजनी जोशीले वातावरण दिवसको नारा समय सान्दर्भिक र मार्मिक रहेको बताउँदै भक्तपुर नगरमा श्वासप्रश्वासका रोगीहरुको संख्या बढिरहेको अवस्थामा वातावरणप्रति सबैजना सजग र  सचेत हुनुपर्ने बताइन्। 

 वर्तमान समयमा पानीको अभाव भइरहेको र सरकारको अकर्मण्यताको कारणले खानेपानी वितरण सहज नभएको बताउँदै उनले खानेपानी अभाव कम गर्न घर घरमा आकाशेपानी सकलन गर्नुपर्ने कुरामा विशेष जोड दिइन्। 

 भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले हरियाली विकास गरेमा  मात्र मानिस स्वस्थ हुने बताउँदै ओजोन तह पातलिँदै गैरहेकोले वातावरण जोगाउन पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here