विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर

News Summary
Generated by OK AI. Editorially reviewed.
- सर्वोच्च अदालतले प्रा.डा विश्व पौडेलविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको आदेश सदर गर्यो।
- अदालतले दरपीठ आदेशलाई सदर गरी पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज बनाएको छ।
- नियुक्तिपछि पौडेलको योग्यता र अरु प्रश्न उठाउने सम्भावना रहेको भन्दै रिट निवेदन दर्ता हुने सम्भावना टरिएको छैन।
६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ ।




न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।
तर नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन ।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्