विश्वमा भोकमरी समस्या हट्ने भए टेस्लाको शेयर बेच्न तयार रहेको एलन मस्कको घोषणा

१५ कात्तिक, काठमाडौं । टेस्ला एवं स्पेसएक्सका सीईओ एलन मस्कले विश्वमा भोकमरी समस्या हट्ने भए आफू टेस्लाको शेयर बेच्न तयार रहेको घोषणा गरेका छन् ।

एक ट्वीटको रिप्लाई गर्ने क्रममा मस्कले भोकमरी समस्या समाधानको सही आधार दिए तत्काल आफूले टेस्लाको शेयर बेच्ने बताएका हुन् ।

frontline

करिब दुई हप्ताअघि संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रमका निर्देशक डेभिल बिस्लेले ट्वीटरमा मस्कलाई विश्वकै धनी व्यक्ति बनेकोमा बधाइ दिँदै चार करोड २० लाख मानिसलाई मानिसलाई भोकमरीबाट जोगाउन ६ अर्ब ६० करोड डलर आवश्यक पर्ने र सो रकम सहयोग गर्न मस्कलाई प्रस्ताव गरेका थिए ।

सो ट्वीटको रिप्लाई गर्ने क्रममा आइतबार मस्कले ६ अर्ब डलरले विश्वमा भोकमरी समस्या समाधान हट्ने भए आफू अहिले नै टेस्लाको शेयर बेच्न तयार रहेको प्रतिक्रिया दिए ।

‘यदि विश्व खाद्य कार्यक्रमले ६ अर्ब डलरले कसरी भोकमरी हट्न सक्छ भनेर आधार प्रस्तुत गर्छ भने म अहिले नै टेस्लाको स्टक बेच्छु,’ उनले ट्वीटमा उल्लेख गरे ।

साथै उनले रकम खर्च सार्वजनिक रुपमा पारदर्शी भएर गर्नुपर्ने शर्त पनि राखेका छन् ।

Tesla and SpaceX CEO Elon Musk says he will sell stock to provide $6billion to the World Food Programme is director David Beasley can prove that the funds will aid in solving world hunger
The $6billion Beasley requested would be approximately 2 percent of Musk's income and less than the $9.3billion his wealth increased on Oct. 29 alone

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here