विश्वमा कोरोना संक्रमण तिब्र, बेलायतमा महालहर, भारतमा ओमिक्रोनबाट संक्रमित ८७ पुग्यो

२ पुस, नयाँ दिल्ली । विश्वमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको समेत विश्वभर फैलिदै छ । दक्षिण अफ्रिाकाबाट सुरु भएको ओमिक्रोन भाइरसले अहिले विश्वभर नै चुनौती दिइरहेको छ ।

बेलायतमा आक्रामक ढंगले ओमिक्रोन फैलिएको छ । जहाँ ओमिक्रोन भाइरसबाट एक जनाको मृत्यु भएको छ । बेलायतमा एक दिनमा ८८ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

frontline

भारतका ११ राज्यमा ओमिक्रोन फैलिसकेको छ । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८७ पुगेको भारतीय संचारमाध्यहरुमा समाचार छ । कोरोनाको नयाँ भेरियन्टलाई घातक भाइरसको रुपमा लिन थालिएको  छ।

बेलायत पछि अ‍मेरिकामा पनि ओमिक्रोनको संक्रमण बढेको छ । ओमिक्रोन भाइरसबाट बेलायत, अमेरिका जस्ता सम्पन्न मुलुकहरु समेत डराउन थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिने खतरा बढकाे चेतावनी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here