विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नाघ्यो पचास लाख

६ मंसिर, काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पचास लाख नाघेको छ । विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ लाख ६३ हजार ७ सय २१ पुगेको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ७४ लाख ३३ हजार एक सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४८ सयभन्दा बढीले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

frontline

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मृत्यु रुसमा भएको छ । यसबीचमा त्यहाँ १२ सय ५४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अमेरिकामा ४ सय ४, युक्रेनमा ६ सय ६४, पोल्याण्डमा ३ सय ८२, फिलिपिन्समा २ सय ५ जनाले ज्यान गुमाएका छन् ।

एसियाली र दक्षिण एसियाली मुलुकमा संक्रमण मत्थर हुँदै गएको अवस्थामा युरोपमा हिउँद लागेसँगै महामारी थप फैलने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here