विश्वको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी अमेजनले दस हजार कर्मचारीहरू हटाउँदै

२९ कार्तिक, काठमाडौं । विश्वको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी अमेजनले यस हप्तादेखि उसका कर्पोरेट तथा प्रविधि विभागका दस हजार कर्मचारीहरू हटाउने योजना बनाएको छ, जुन कटौती कम्पनीको इतिहासमा सबैभन्दा ठुलो हुनेछ ।

अमेजनले एकैचोटि सबै कर्मचारी हटाउनुको सट्टा फरक फरक विभागहरूबाट पालै पालै कर्मचारी हटाउने सम्भावना छ । न्युयोर्क टाइम्सका अनुसार १० हजार कर्मचारीलाई बर्खास्त गर्दा कम्पनीका कर्पोरेट कर्मचारीहरूको ३ प्रतिशत र विश्वभरका १६ लाखको श्रमिकको १ प्रतिशतभन्दा कम कर्मचारी हट्नेछन् । 

frontline

अमेजनको कर्मचारी कटौतीको घोषणा सेरोफेरोमा अन्य प्राविधिक कम्पनीहरूले पनि आफ्ना कर्मचारी कटौतीको घोषणा गरिरहेका छन् । टेस्लाका संस्थापक इलन मस्कले अक्टोबर २७ मा माइक्रोब्लगिङ प्लेटफर्मको जिम्मेवारी लिएपछि सो कम्पनीका ५० प्रतिशत कर्मचारी बर्खास्त गरिसकेका छन् । 

पछिल्लो समय फेसबुकको मातृसस्था मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारीहरूलाई हटाउने घोषणा गरेका छन् । त्यस्तै लिफ्ट, स्ट्राईप, स्न्याप र अन्य प्राविधिक फर्महरूले पनि हालैका महिनाहरूमा कामदारहरूलाई कामबाट निकालेका छन् । 

अमेजनले कोरोना महामारीको समयमा उलेख्य नाफा कमाएको थियो । त्यससमय अधिकांश उपभोक्ताहरू किनमेललागी अमेजन प्रयोग गरेको फाईदा आर्जन गरेको थियो ।

उच्च नाफाको बलमा कम्पनीले दुई वर्षभित्र आफ्नो श्रमिकबल दोब्बर बनायो । महामारीको प्रभाव कम भएसँगै अमेजनको व्यापारमा ¥हास आइरहेको छ । यसैको कारण कम्पनीले कर्मचारी कटौती गर्न लागेको हो ।-द न्युयोर्क टाईम्सबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here