विश्वकीर्तिमानी पर्वतारोहीलाई प्रधानमन्त्री देउवाले गरे सम्मान

फाइल तस्बिर

४ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरेका छन्।

प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गरेको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए।

frontline

कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुई पटक सफल आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका छन्। त्यस्तै निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन्।

पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलो पटक महिला आरोहीको कीर्तिमान कायम गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोहीले हिमाल आरोहणमा बनाएको कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा थप पहिचान प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्वतारोहीको प्रसंशा गरेका थिए।

कीर्तिमानी आरोहीलाई नगदसहित राष्ट्रिय सम्मान गर्नेगरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सङ्घका महासचिव लम्सालले बताए।

कीर्तिमानी आरोहीका साथमा पर्यटनमन्त्री श्रेष्ठ, सांसद जिपछिरिङ लामा, पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पालगायत पर्यटन व्यवसायीहरु बालुवाटार पुगेका थिए।

बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान भएलगत्तै आरोही टोलीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here