विश्वका १६० मुलुकका राजनीतिक दलको बैठकलाई चिनियाँ राष्ट्रपतिको सम्बोधन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले विकास नै विश्वका विभिन्न मुलुकका जनताको अधिकार भएको बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी र विश्वका १६० मुलुकका राजनीतिक दलको बैठकलाई बेइजिङबाट सम्बोधन गर्दै सीपीसीका महासचिव समेत रहनुभएका जिनपिङले निष्पक्ष र प्रभावकारी रुपमा आवश्यक तालमेलसहित विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

frontline

उहाँले हरित विकासमा समेत डटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

भर्चुअल बैठकमा उहाँले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

चिनियाँ राष्ट्रपति जिनपिङले चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिएको समेत बताउनुभयो ।

भर्चुअल बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न देशका राजनीतिक दलका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here