विश्वकप लिग टु : ओमानसंग नेपाल पराजित
गुल्सन झाको अलराउण्डर प्रदर्शनको बावजुत पनि विश्वकप लिग टु अन्तर्गत ओमान विरुद्धको एकदिवसीय खेलमा नेपाल पराजित हुन पुगेको छ ।
यस अघि पहिलो व्याटिङ गर्दै नेपालले निर्धारीत ५० ओभरको खेलमा ९ विकेट क्षतीमा २२० रन बनाएको थियो ।
जवाफमा ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।
नेपाल एक विकेटको झिनो अन्तरबाट हार्न पुगेको हो । नेपाललाई अन्तिम ओभरमा जितका लागि १ विकेट चाहिएको थियो भने ओमानलाई ८ रन चाहिएको थियो ।
यो जित पछि ओमानले ५ खेलबाट ५ अंक पाएको छ भने नेपालको ६ खेलबाट २ अंकमात्र रहेको छ ।गुल्सन झाले ५ मत्वपूर्ण विकेट लिए पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सकेन । त्यसैगरी करण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ शेख एक एक विकेट लिए ।यस अघि नेपालविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिला व्यानटिङको निम्तो दिएको हो ।
कप्तान रोहित पौडेलले ७२ बलमा ४ छक्का र २ चौक्कासंगै ६० रन पुरा गरे । गुल्सन झाले ३५ बलमा ५ छक्का र ३ चौक्कासंगै ५३ रन बनाए । गुल्सनले अन्तिम ४७ ओभरमा २ छक्का र २ चौक्कासंगै एउटै ओभरमा २३ रन बनाए हुन ।
अघिल्ला तीन विकेट सस्तैमा गुमाएपनि ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका हुन ।
आरिफ शेखले ८८ बलको सामना गरी ३५ रन बनाए । सुरुवाती व्याटर अर्जुन साउद ५ रनमा आउट भए ।
भीम सार्कीे र आसिफ शेख समान ११ रनमा आउट भए ।सन्दीप लामिछाने ११ रन बनाएर नट आउट रहे । त्यैगरी सोमपाल कामी २० रन बनाएर आउट भए । यस अघि नेपाल घरेलु टोली क्यानडासंग पराजित भएको थियो
प्रतिक्रिया दिनुहोस्