विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदै

फाइल तस्बिर

१५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् ।

frontline

बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्नेछन् ।

यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानाडाले अंक जोड्न सकेको छैन ।

बिहीबारको खेल जितेको अवस्थामा बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।

यस्तै, बिहीबार राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अंक जोडेको छ । जापान र कोस्टारिकाको ३–३ अंक छ भने जर्मनीको १ अंक मात्रै छ ।

यो समूहका सबै चार टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here