विश्वकप प्रसारण विवादमा अन्तरिम आदेश खारेज, खेल हेर्दा थप शुल्क तिर्नुपर्ने

३० कार्तिक, काठमाडौं । सर्वोच्च अदालतले विश्वकप प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ ।

योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने छ ।

frontline

मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाउने गरी दिएको अल्पकालीन अन्तरिम आदेश बुधबार खारेज गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलिदिएको हो ।

यसअघि न्यायाधीश प्रकासमान सिंह राउतले विश्वकप फुटबलका लागि थप शुल्क लिने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here