विश्वकप क्रिकेट लिग टु : राष्ट्रिय टीमको विदाइ

२० फागुन, काठमाडौं । युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको विदाइ गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टीमलाई बिदाई गरे ।

frontline

नेपाली टीम तत्काल भने श्रीलंकामा केही अभ्यास खेलका लागि प्रस्थान गर्नेछ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ ।

त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ ।

विदाई कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रको बिकासका लागि सरकार गम्भीर भएर लागिरहेको बताए ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने विधा खेल क्षेत्रनै भएको भन्दै यस क्षेत्रलाई बलियो बनाउदै अघि बढ्ने धारणा राखे ।

त्यस्तै नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले नेपाली टीमले राम्रो तयारी गरेको जानकारी दिए ।

यसअघि देखिएका कमी र कमजोरीलाई पनि सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए ।

नेपाली टीमले श्रीलंकामा चार वटा अभ्यास खेल खेल्नेछ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्ने छ ।

युएईमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here