विवरण पठाउन पत्र – शिक्षक दरबन्दी मिलान – स्थानीय तह १०५

शिक्षा मन्त्रालयले अहिलेसम्मको दरबन्दी मिलानको प्रगति विवरण पठाउन देशभरका १ सय ५ स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी मिलानको अहिलेसम्मको प्रगति विवरण पठाउन विवरण तयार गर्ने ढाँचासमेत पठाएको छ ।


विवरण पठाउनेले स्थानीय तहको नाम, शिक्षा शाखा प्रमुखको नाम र पद, सम्पर्क नम्बर, प्राथमिक तहको पुल दरबन्दी संख्या, मिलान भएको संख्या र मिलान हुन बाँकी रहेको संख्या उल्लेख गर्नुपर्नेछ ।

frontline


केन्द्रले शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार प्राथमिक तहको शिक्षक दरबन्दी पुलमा रहेका १ सय ५ गाउँपालिका र नगरपालिकाले कोभिड–१९ का कारण पुलमा रहेको दरबन्दी व्यवस्थापनमा समेत असर परेकाले दरबन्दी मिलानको उक्त कार्य समय मागेकामा अहिलेसम्मको प्रगति विवरण नआएको हुँदा यथाशक्य पठाउन भनिएको छ । 


केन्द्रले पालिकाबाट अन्यत्र स्थानान्तरण भइजाने खुद पुल दरबन्दी कायम रहेसम्म सो तहमा अन्य पालिका वा जिल्लाबाट सरुवा/काजमा राख्न वा रिक्त पदमा पदपूर्ति गर्ने कार्य नगर्न÷नगराउनसमेत सम्बन्धित स्थानीय तहलाई भनेको छ ।


यस्तो अवस्थामा खुद पुल दरबन्दीमा रहेका शिक्षकको चालू आर्थिक वर्ष २०७७/७८ को शिक्षक तलबभत्ताको व्यवस्था नभएको बेहोरासमेत केन्द्रले स्थानीय तहलाई अवगत गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here