विराटनगरमा दिनदहाडै १४ लाख लुटपाट

विराटनगर । विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै लुटपाट भएको छ । निर्माण व्यवसायी विवेक कर्णको अफिसबाट आइतबार दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको उनले बताएका छन् । मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएको उनले बताए ।

उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट दिउँसो मेरो ज्वाइँ अमरेशकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर अफिसमा आइपुग्नुभएको थियो । मोटरसाइकलमा आएका दुई जनामध्ये एक जना फोनमा बोल्दै भित्र आए । ब्यागमा राखिएको रकम लिएर फरार भए । त्यसपछि हामीले पनि लखेट्यौँ । मोटरसाइकलमा बसेर लुटेरा आयल निगम तिर हुँदै फरार भए,’ कर्णले भने, ‘प्रहरीमा पनि जानकारी गराइसके छ । अहिलेसम्म प्रहरी पनि आइपुगेको छैन ।’

frontline

यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अहिलेसम्म प्रहरीमा खबर नआएको बताए । ‘लुटपाट भयो भनेर हामीलाई खबर आएको छैन,’ उनले भने, ‘घटना के रहेछ हामी यस विषयमा बुझ्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here