विमानस्थलबाट ४ किलो ३५ ग्राम ‘चरेस’सहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेस बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध लागूऔषध ‘चरेस’ सहित दुईजनालाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।  

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र वीर बहादुर रोका मगर (३५ वर्ष) छन् । सोमबार बिहान उनीहरु कतार एअरको उडानमार्फत दोहा जान लागेका थिए । विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको सुटकेसभित्र चरेश फेला परेको थियो ।

frontline

लागूऔषध ‘चरेस’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर उनीहरुमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । कतारमा सो चरेस पठाउने मुख्य आरोपी फरार छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here