‘विप्लव’ समूहबाट ओमप्रकाश पुनसहित ४ सदस्य माओवादी केन्द्रमा प्रवेश गर्दै
१३ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते)नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।
गत असार ९ गते पुनसहित केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी र रमेश परियार छन् । गत वैशाख विप्लव समूहबाट धर्मेन्द्र बास्तोला हेमन्तप्रकाश ओली सहित नेता कार्यकर्ताले छोडेका थिए । उनीहरुले विप्लव समूह छोडेर नेकपा बहुमत गठन गरेका छन् ।
एकपछि अर्को गर्दै विप्लव समूहबाट नेता कार्यकर्ता छोड्दै गएपछि उनी एक्लिँदै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्