विप्लव नेकपाले लियो भोजपुर चुनावी सभामा भएको विस्फोटको जिम्मा
३० कार्तिक, भोजपुर । भोजपुरमा विस्फोटको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।
जिल्लाको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा भएको विस्फोट जिम्मा विप्लवले लिएको हो । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको विप्लवले जनाएको छ ।
तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी एकजना घाइते भएका छन् । भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् ।
श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले जनाएको छ ।
उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको छ । सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्