विप्लवलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

१६ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ ।

आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो ।

frontline

उनीहरु पिरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध लगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो ।

उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । विप्लवसहितका ती नेताहरुमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिनको समयसीमा दिएर पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here