विप्लवको आलु विनोद चौधरीलाई

राजनीतिक क्रान्तिको कार्यदिशा हेरफेर गर्दै कृषि उत्पादनमा जोड दिन थालेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ठूलो परिमाणमा आलु उत्पादन गरेको छ । सो पार्टीले फलाएको दुई लाख किलो आलू नेपाली कांग्रेसका सांसद तथा धनाड्य व्यापारी विनौद चौधरीलाई बेचेको छ ।
विप्लवले थप आलुको माग भैरहेको पनि बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले अगामी सिजनमा अझै धेरै आलु रोप्ने योजना सुनाए ।




‘हामीले उत्पादन गरेको आलु विनोद चौधरीजीहरुलाई दियौँ, अस्ति काठमाडौँमा भेट पनि भयो’, उनले भने, ‘उहाँलाई हामीले बढीमा २०/३० हजार किलोसम्म दिन सक्छन् भन्ने लागेको रहेछ, तर हामीले लगभग दुई लाख किलो दियौँ ।’
चौधरीसँग पार्टीका अन्य उत्पादन पनि बिक्रीको सम्झौता भएको बताउँदै उनले त्यहिकारण सम्बन्ध नजिक रहेको पनि खुलाए ।
स्मरण रहोस्, एक वर्षयता नेकपाले देशका १० भन्दा बढी जिल्लामा कृषि खेती गरिरहेको छ । कालिकोट र हुम्लामा स्वाउ रोपेको उसले कपिलवस्तु, दाङ, कैलालीलगायतका जिल्लामा धान र आलुको खेती गर्दैछ ।
बूढानीलकण्ठमा व्यापारिक संकलन केन्द्र खोलेर नेकपाले स्थानीय उत्पादनहरु घ्यू, मह, अचार, सुकुटी, भनमास, दाल लगायतका खाद्यन्न बेच्दै गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्