विपदका घटनामा परेर एक महिनामा ६८ जनाको मृत्यु, १९६ जना घाइते

काठमाडौँ । विपदका विभिन्न घटनामा परी एक महिनामा ६८ जनाले ज्यान गुमाएका छन् भने १९६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ गतेदेखि असार ४ गतेसम्म देशभरका भएका आगलागीका ४०० घटना भएको र उक्तमा ९ जनाले ज्यान गुमाएकाका छन् भने ५० जना घाइते भएका छन् ।

त्यस्तै ६२ वटा डढेलोको घटनामा परी ३ जनाले ज्यान गएको छ भने १ जना घाइते भएका छन् । १०६ वटा चट्याङ्गका घटनामा परी २२ जनाको ज्यान गएको र ९० जना मानिहरु घाइते भएको प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

frontline

त्यस्तै एक महिनामा जनावरबाट आक्रमण भएका ४५ वटा घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएको प्राधिकरणले जनाएको छ । यस्तै ३७ स्थानमा आएको बाढीमा परी ९ जनाको मृत्यु, २४ बेपत्ता र ६ जना घाइते भएका छन् ।

७२ वटा पहिरोका घटनामा ७ जनाको मृत्यु र १० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए । यसैगरी अविरल वर्षाका ३९ घटनामा परी ३ जनाको मृत्यु र १ जना घाइते भएको छन् । हावाहुरीका २९ घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको उनले बताए । उक्त समयावधिमा सर्पको टोकाइबाट ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

देशका विभिन्न स्थानमा भएका यी घटनाबाट ३८४ पशुचौपायालाई पनि असर परेको प्राधिकरणले जनाको छ । यो विभिन्न घटनाबाट ४१ करोड ३९ लाख ६४ हजार १९० रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्राधिकरणको अनुमान गरेको छ ।

२४ घण्टामा ४ जनाको मृत्यु, ४ घाइते

प्राधिकरणले सार्वजनिक गरेको असार ३ गते विहान १० बजेदेखि ४ गते विहान १० बजेसम्मको घटना विवरणमा विपदका विभिन्न घटनामा परी ४ जनाले ज्यान गुमाएको र ४ जना घाइते भएका छन् ।

देशभरका विभिन्न स्थानमा भएका ३३ वटा घटनामा ती मानिसहरुको मृत्यु भएको प्राधिकरण जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सोही अवधीमा ५ जना हराएका छन् भने ६ वटा सडक खण्डहरु अवरुद्ध भएका छन् ।

त्यस्तै सिन्धुपाल्चाको मेलम्ची खोलामा आएको बाढीका हालसम्म ३ जना विदेशी नागरिकहरुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनमा २ जना चिनियाँ र १ जना भारतीय नागरिक रहेका छन् । हालसम्म उक्त घटनामा परी २० जना बेपत्ता र ६ जना घाइते भएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

सोही अवधिमा खाजा पुर्‍याउन जाने क्रममा बाढीले बगाएर सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ बेल्ही बस्ने वर्ष १२ एक बालकको मृत्यु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै कास्कीको माछापुछ्रे गाँउपालिकामा बस्ने ४० वर्षे एक महिलाको खैरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here