विद्युत आपूर्ति रोकिएको भन्दै सडक अवरुद्ध

लहान, २३ साउनः

बिना सूचना विद्युत आपूर्ति बन्द गरी नागरिकलाई सास्ती दिएको भन्दै सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका स्थानीय बासिन्दाले पूर्व -पश्चिम सडकको चोहर्वा खण्डमा मंगलबार राती टायर बालेर सडक अवरुद्ध गरेका छन् । 

frontline

नेपाल विद्युत प्राधिकरणले बिना सूचना चार दिनअघि काटेको विद्युत सुचारु गर्न पटकपटक आग्रह गर्दासमेत बेवास्ता गरेको भन्दै स्थानीयले राती ८ बजेदेखि एक घण्टा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । गोलबजार ७, ८ र १० लगायतका बस्तीहरुमा पछिल्लो चार दिनदेखि विद्युत अवरुद्ध हुँदा पनि प्राधिकरणका कर्मचारीहरुले बेवास्ता गरेपछि बाध्य भएर चक्काजाम गर्नु परेको स्थानीय किशोरी यादवले बताए। 

‘बस्तीहरुमा विद्युत आपूर्ति बन्द भएपछि गोलबजार र मिर्चैया शाखाका कर्मचारी र प्रमुखलाई पटक–पटक जानकारी गरायौं तर वास्ता नै गरेनन्’, उनले भने ‘गर्मी र वर्षाको समयमा साहै्र कष्ट भएपछि दवाब दिन चक्काजाम गरिएको हो ।’

 बिना सूचना विद्युत अवरुद्ध हुँदा दैनिकी कष्टकर भएको स्थानीय सुरेश मण्डलले बताए ।‘विद्युत नहुँदा मानिसहरु रातभर जाग्राम बस्नु परेको छ, मोटरबाट पानी तान्न नसकिएपछि नुहाउनसमेत पाएका छैनौं’ उनले भने । उनका अनुसार रोकिएको विद्युत आपूर्ति सुचारु गर्न प्राधिकरणसँग समन्वय गरी पहल गर्ने गोलबजार प्रहरीको प्रतिबद्धतापछि अवरुद्ध सडक खोलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here