विद्युतीय सवारीमा बढाएको कर तत्काल लागु नगर्न सर्वोच्चको परमादेश

५ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारले विद्युतीय सवारीमा बढाएको कर तत्काल लागु नगर्न परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

गत बुधबारको उक्त परमादेशले वातावरणीय कानुनको विकासमा पर्न गएको प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने उपायको सम्बन्धमा सुझाव दिन एक विज्ञ र सरोकारवालाको प्रतिनिधित्व हुनेगरी कार्यदल गठन गर्न समेत निर्देशन जारी गरेको छ।

frontline

सर्वोच्चमा शशि बस्नेत समेतको टोलीले दैनिक बढिरहेको प्रदूषण र त्यसले पारेको प्रभावको विषयलाई ध्यान दिनुपर्ने र आवश्यक उपायहरु अपनाएर यसलाई कम गर्नुपर्ने माग गर्दै विद्युतीय सवारीको प्रयोगका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने माग गर्दै दायर गरेको रिटको सुनुवाइ गर्दै यस्तो परमादेश जारी गरेको हो।

आर्थिक ऐन तथा बजेट तर्जुमा गर्दा वायु प्रदूषणले जनस्वास्थ्यमा अपूरणीय क्षति पुग्ने विषयलाई ध्यानमा राखेर नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक संरक्षण हुनेगरी आवश्यक व्यवस्था मिलाउन माग गर्दै दायर रिटको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको हो।

फैसलामा नेपालमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हितअनुकुल स्रोत साधनको संरक्षण, सम्बर्द्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गनुपर्ने उल्लेख गरिएको छ।

संविधानको मर्म र भावना विपरीत विद्युतीय सवारीमा कर बढाउने निर्णय नगर्नसमेत फैसलामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here