विद्या र ओलीबीच बालुवाटारमा डेढ घण्टा वार्तालाप, असन्तुष्टिका कुरा उप्काएको दाबी

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ उहाँहरुले डेढ घण्टा लामो भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई भेट्न साँझ पौने ७ बजे बालुवाटार पुग्नुभएकी पूर्व राष्ट्रपति भण्डारी साढे ८ बजे बाहिरिनुभएको थियो ।

frontline

भेटमा एमालेको आन्तरिक राजनीतिका साथै समसामयिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ । त्यस्तै, अनेरास्ववियुको उद्घाटन समारोहमा प्रम ओलीले दिएको अभिव्यक्तिबारे पूर्व राष्ट्रपतिले चासो राखेको बुझिएको छ । भेटवार्ताबारे जानकार स्रोत भन्छ, ‘अध्यक्षज्यूले अखिलको उद्घाटनमा दिएको अभिव्यक्ति उहाँ (भण्डारी)लाई चित्त बुझेको रहेनछ, मैले कार्यकर्तासँग भेट्दा कसरी पार्टी बिग्रन्छ ? भन्ने उहाँको जिज्ञासा थियो ।’

जवाफमा प्रधानमन्त्री ओलीले पार्टीमा कित्ताबन्दी भैरहेकाले त्यसतर्फ सचेत गराउने सन्दर्भमा त्यस्तो टिप्पणी गरेको प्रतिक्रिया दिएको बताइन्छ । ‘तपाईले पनि देख्नुभएकै होला, हाम्रा साथीहरु पार्टी बलियो बनाउन छाडेर गुटबन्दीमा लागेका छन्, यो राम्रो होइन’, प्रधानमन्त्रीको भनाई स्रोतले सुनायो ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न चीन भ्रमणबारे संक्षिप्त ब्रिफिङसमेत गर्नुभएको बताइएको छ । पछिल्लो समय ओली र भण्डारीबीच तिक्तता बढेको चर्चा चलिरहेको बेला हिजोकाे भेटलाई एमालेपंक्तिले अर्थपूर्ण मानेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here