विद्यार्थीले शिक्षक कुटेको विरोधमा रत्नराज्यका शिक्षकले पढाइ बन्द गर्ने निर्णय

६ पुस, काठमाडौं । विद्यार्थीले शिक्षक कुटेको विरोधमा रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकहरुले पढाइ बन्द गर्ने निर्णय गरेका छन् ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक स्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन नगर्ने जनाएका हुन् ।

frontline

उनीहरुले विद्यार्थीबाट कुटिएर घाइते भएका प्राध्यापकको उपचार गर्न पनि माग गरेका छन् ।

क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले स्नातक तहमा प्राध्यापनरत एक शिक्षकलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here