विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, १४.७ महिनाको आयात धान्न पर्याप्त

राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु आयात भने १७.६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • नेपालको विदेशी विनिमय सञ्चिति असार मसान्तसम्म २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ।
  • राष्ट्र बैंकले जनाएको अनुसार यो रकम १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
  • सञ्चिति गत वर्षको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड थियो र ११ महिनामा २५.९ प्रतिशतले बढेको हो।

२४ असार, काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।

जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु आयात भने १७.६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो । यो ११ महिनामा २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको हो ।

अमेरिकी डलरमा असार मसान्तसम्म १५ अर्ब २७ करोड रहेकोमा अहिले १८ अर्ब ६५ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.१ प्रतिशत छ । कुल आयातको तुलनामा १२२.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा ३४.१ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंक |विदेशी विनिमय सञ्चिति

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here